सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्री ओलीको आरोप : प्रचण्ड नेतृत्वको सरकारले ढुकुटी रित्याउने काम गर्यो

प्रधानमन्त्री ओलीको आरोप : प्रचण्ड नेतृत्वको सरकारले ढुकुटी रित्याउने काम गर्यो

प्रधानमन्त्री ओली – सम्बोधन काठमाडौँ, ४ माघः प्रधानमन्त्री केपी शर्मा ओली स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताएका छन् ।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले मुलुक आर्थिक र सामाजिक रुपमा अफ्ठ्यारोमा परेको कारण संसदका दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाए ।

उनले सबै मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरु बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे । उनले केही अराजक तत्वहरुले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताए ।

मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्याउँदै उनले कसैले बिलौना गर्दैमा सरकार नढल्ने बताए । संसदका दुई ठूला दल मिलेर मिलेर पनि मुलुकको विकास गर्न नसके मुलुकमा अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसपछिको जनताको निराशा भयानक हुने बताए ।

उनले वर्तमान सरकार २०८४ को निर्वाचनसम्मै जाने जिकिर गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend