logo

२०८१ माघ १५ मंगलबार

logo
  • मंगलबार, १५ माघ २०८१
  • रास्वपाले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने, यस्ता छन् अन्य निर्णय

    रास्वपाले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने, यस्ता छन् अन्य निर्णय

    252
    Shares
    रास्वपाले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने, यस्ता छन् अन्य निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा दुई तिहाई बहुमत भएको सरकारको असक्षमता र निरीहता स्पष्टसँग प्रर्दशित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न उठेको बताएको छ । रास्वपाको आज केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको हो ।

    त्यस्तै, बैठकले विगत छ महिनामा गठबन्धन निर्माणको घोषित उदेस्य अनुरुप कुनैपनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसदको आसन्न अधिवेशनको तीन हप्ताअघि हतारमा हतास मनस्थितिमा काम देखाउन सरकारले ल्याएका पाँचवटा अध्यादेश प्रकृया र नियत खोटपूर्ण रहेको ठहर गरेको छ ।

    ती अध्यादेश अतर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण दोषका आधारमा खरो बहस गर्ने निर्णय गरेको छ ।

    रास्वपाले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरुलाई रास्वपामा आवद्ध गर्न–गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिएको छ ।

    त्यस्तै बैठकले केन्द्रीय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय भएको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

    जसअन्तर्गत सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल कर्णाली प्रदेश लिमा अधिकारी, लुम्बिनी प्रदेश, विपिनकुमार आचार्य, गण्डकी प्रदेश शिशिर खनाल, वागमती प्रदेश सन्तोष परियार र वसुमाया तामाङ, मधेस प्रदेश, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेश सुमना श्रेष्ठ र रमेश प्रसाईं रहेका छन् ।

    बैठकले केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गरेको छ । प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सो सम्बन्धी कार्यविधि बमोजिम गर्न गराउन केन्द्रीय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन दिएको छ ।

    यस्ता छन् सचिवालय बैठकका निर्णयहरु:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend