मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

माओवादी प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याए : कांग्रेस प्रमुख सचेतक घिमिरे

माओवादी प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याए : कांग्रेस प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारे । बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए ।

सोही कुराको खण्डन गर्दै उनले आफूले बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई कानूनको रुप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको बताए । उनले कानून निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने बताए ।

उनले भने, ‘संसदको सबैभन्दा ठूलो दलले अध्यादेशबाट सरकार चलाइन्छ भन्नेकुरा भन्नुभयो भन्नेकुरा सुनेँ । हाम्रो कानून निर्माण गर्ने प्रक्रिया संसदमा असाध्यै धिमा गतिमा भयो । हामीले दुई वर्षको अवधिमा जम्मा बजेटसँग सम्बन्धित कानून बाहेक ११ वटा कानून निर्माण गरेछौँ ।

कानून बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्यो । हामीले कानून बनाउने प्रक्रियालाई गति दिनुपर्यो । यो मैले भनेको कुरालाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उहाँले बोल्नुभयो ।’

उनले कुनैपनि विधेयक संसदमा पेश भएको कति दिनभित्रमा कानूनको आकार ग्रहण गर्ने हो ? भन्नेकुराको निश्चितता र समयसीमा हुनुपर्ने बताए ।

यो पनि पढ्नुहोस् :

कांग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरे : हितराज पाण्डे

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend