२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ : महेश बर्तौला

मंगलवार , माघ १५, २०८१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले बैठकले संसद सञ्चालनको मिति हेरफेर गरिएको बताए ।

उनले अहिलेको सरकारले संसदलाई बिजनेस दिने र संसदबाट कानून निर्माण गर्नेकुरामा तिब्रता दिने बताए । संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभाविक रहेको बताए ।

उनले भने, ‘संसदको बैठकका मितिहरु हेरफेर गरिएका छन् । कार्यसूचि त लगभग त्यही नै भयो । २४ गते अध्यादेशहरु संसदमा पेश हुनेछन् । २५ पनि बैठक हुनेछ । २७,२८,२९ गते बैठक हुनेछ । संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ ।

पाल्र्यामेण्ट्री कमिटीहरुको बैठकमा कोरम पुर्याउने सन्दर्भमा भन्नेकुरा उठाउनु भयो । संसद र संसदीय समितिमा सत्ता पक्ष महत्वपूर्ण हुन्छ । बढी जवाफदेही रुपमा भुमिका निर्वाह गर्नुपर्छ ।’

प्रमुख सचेतक बर्तौलाले संसद र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट