
काठमाडौं । आगामी हिउँदे अधिवेशनमा सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ बताए ।
सरकारले जारी गरेको अध्यादेश संसद सुरू भएको पहिलो दिन पेस गर्नुपर्ने र ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।
मन्त्री गुरूङले अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको बताए । उनले सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको बताए ।
अध्यादेश पारित भएपछि कार्यान्यवन गर्नका लागि नियमावली बनाउने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।
अध्यादेश ल्याउनुमा सरकारको बदनीयत नभएको पनि उनको भनाइ छ । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।
सरकारले भव्य रुपमा शहीद दिवस मनाउने भएको छ ।
उनकाअनुसार शहीद सप्ताहको बुधबार अन्तिम दिन भएकाले सरकारको तर्फबाट शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने बताए । उनले शहीद दिवसको स्मरणमा काठमाडौंमा कार्यक्रमको आयोजना गरिने पनि बताए ।
उनले भने, ‘भोलि सहिद सप्ताहको अन्तिम दिन हो । त्यसकारण भोलि सरकारको तर्फबाट शहीद दिवस मनाउने काम हुन्छ । भोलि प्रधानमन्त्रीसहित हामी सबै जना शहीदगेट जान्छौं । त्यहाँ शहीदहरुप्रति श्रद्धाञ्जली र माल्यार्पण हुन्छ । त्यसपछि हामी लैनचौर गएर श्रद्धाञ्जली अर्पण गर्छौं । त्यसपछि जहाँ ठाउँ खालि हुन्छ त्यहाँ हाम्रो कार्यक्रम हुन्छ । हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदैछ ।
यो हिउँदे अधिवेशनबाट हामीले राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्र्याकबाट संसदबाट पास गर्ने काम हुन्छ । ति अध्यादेशहरु कार्यान्वयनको लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं । अध्यादेश कार्यान्वयनमा जान्छ ।’
सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णय समेत भएको उनले बताए । उनले अध्यादेशहरु कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend