
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी छ ।
उक्त बैठक सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरमा मात्रै सरकार ढल्ने जिकिर गरे ।
ओलीले अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको बताए ।
उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन सांसदहरूलाई आग्रह गरे ।
ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टिसमेत जनाए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend