२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढेको छ : प्रधानमन्त्री ओली

मंगलवार , माघ १५, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको बताएका छन् ।

मंगलबार संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको बताए ।

उनले नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको बताए । उनले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य रहेको बताए ।

लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको बताए ।

उनले भने, ‘वास्तवमा भन्ने हो भने राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ । राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक सिस्टममा, शान्तिपूर्ण राजनीतिको मुलधारमा, संवैधानिक राजनीतिको मुलधारमा, लोकतान्त्रिक प्रणालीको मुल धारमा अगाडि बढेको छ । यसअर्थ हामी यिनै दृष्टिकोणअनुसार सफलतापूर्वक अगाडि बढेका छौँ । अनौठा घटनाहरु राष्ट्रिय राजनीतिमा कहिले कहिले आइपर्दछन् ।

तर हामी के कुरामा स्पष्ट हुँदा हुन्छ भने कसैले श्रीलंकाका, कसैले बंगलादेशका कुरा गर्दछन् । सबै ठाउँमा एउटै कुरा हुन्छ भन्ने हुँदैन । नेपालमा लोकतान्त्रिक अभ्यास, संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ । संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रणाली स्वीकार छ । लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि, अराजकताका कुनै प्रकारका बाटाबाट परिवर्तनको अपेक्षा सम्भव छैन ।’

प्रधानमन्त्री ओलीले दिनदिनै सरकार ढल्छ भन्ने गरेको भन्दै सरकार ढाल्ने म्याद सार्ने काम भइरहेको बताए । ०८४ को मंसिरमा सरकार परिवर्तन हुने उनले बताए । उनले निर्वाचनको परिणाम आएपछि सरकार परिवर्तन हुने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट