२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

विपक्षी दलहरुले मोर्चाबन्दी गरेर भ्रम फैल्याइरहेका छन् : महेश बर्तौला

मंगलवार , माघ १५, २०८१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरुले मुलुकमा भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमण गरिरहेको बताए ।

उनले एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरुले आगामी अधिवेशनमा खेल्नुपर्ने भुमिकाबारे प्रशिक्षण दिइने बताए ।

सांसदहरु संसदीय काम र प्रक्रियाहरुलाई आफ्नो पहिलो दायित्व र जिम्मेवारी ठानेर बैठकमा उपस्थित हुनुपर्ने बताए ।

उनले भने, ‘नेकपा एमाले यतिबेला सरकारको नेतृत्व गरिरहेको छ । सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरुले यो आगामी अधिवेशनमा संसदमा खेल्नुपर्ने भुमिकाका बारेमा मुख्यगरी केन्द्रित रहेर छलफल गर्नेछौँ । सांसदहरु संसदीय काम र प्रक्रियाहरुमा मेरो पहिलो दायित्व र जिम्मेवारी हो भन्नेकुरा यो बैठकको हाम्रो निस्कर्ष हुन्छ ।

दोस्रो कुरा सरकारले असाध्यै महत्पवपूर्ण ढंगबाट काम गरिरहेको छ । देश र जनताको हितलाई केन्द्रमा राखेर र सुशासन प्रवद्र्धनलाई ध्येय बनाएर काम गरिरहेको छ । तर प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमणको निशाना बनाइरहेको छ । मुलुकलाई भ्रमतर्फ लैजाने खेतापाती गरिरहेको छ ।’

सरकारले महत्पवपूर्ण ढंगबाट काम गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट