बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

वर्तमान सरकारले परिणाममुखी काम गर्न सकेन, जनताले विकल्प खोजिरहेका छन् : अध्यक्ष नेपाल

वर्तमान सरकारले परिणाममुखी काम गर्न सकेन, जनताले विकल्प खोजिरहेका छन् : अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताएका हुन् ।

वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको उनको भनाइ छ । मुलुकको विकासका लागि देशको परिवेशलाई सुहाउँदो प्रणाली अवलम्वन गर्न जरुरी रहेको बताउँदै उनले त्यो प्रणाली समाजवादी क्रान्ती नै भएको जिकिर गरे ।

उनले जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताए । प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरुलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्ने उनले बताए ।

उनले भने, ‘संसदमा रहेका विपक्षी पार्टीहरुलाई पनि हामी गोलवद्ध गरौं । त्यो जिम्मेवारी पनि हाम्रो काँधमा रहेको छ । त्यसको लागि हामीले बोलायौं पनि कति जना आउनु भएन । कसैकसै पार्टीलाई मनले भन्छ समाजवादी मोर्चामा जुट, तनले भन्छ पख पख । केही पार्टीहरु समाजवादी मोर्चामा आउन चाहेर पनि आउन सक्नु भएको छैन ।

हामी एकतावद्ध हुने कुरामा पर्खिन तयार छौं । कतिपय प्रतिपक्षी पार्टीहरुलाई पनि हामीले बोलाउने सन्दर्भमा चित्त नबुझेको र केही परिस्थितको कारण सहभागि हुन सक्नु भएन । यो सरकारको कामबाट उहाँहरु निराश हुनुहुन्छ । जनता निराश छन् । जनतामा कुनै आशा जाग्न सकेको छैन । परिणाममुखि कुनै काम हुन सकेको छैन ।

वर्तमान सरकार गफमा निकै अगाडि र परिणामा निकै पछाडि छ । यो स्थिति भएको हुनाले वास्तवमा मानिसहरुमा विकल्पको खोजि जारी छ । अहिले होइन । त्यसो भएको हुनाले हामी २०८४ को कुरा गरिरहेका छौं । ८४ को चुनावको शिलशिलामा जनताको माझमा प्रत्येक पार्टीहरु, समाजवादी अभियानका अभियान्ताहरु अगाडि बढ्नुपर्ने आवश्यकता छ । हामीले दशौं महाधिवेशन सम्पन्न गरेर वैज्ञानिक समाजवादको कार्यक्रम अगाडि सारेको छ ।’

उनले समाजवादी मोर्चा समाजवादी विचारको आधारमा निर्माण गरिएको उल्लेख गर्दै सबै मिलेर मोर्चाको औचित्य पुष्टि गर्नुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend