logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • मुलुकलाई निकास दिन नेपाली विशेषतामा आधारित समाजवाद आवश्यक छ : महासचिव चन्द

    मुलुकलाई निकास दिन नेपाली विशेषतामा आधारित समाजवाद आवश्यक छ : महासचिव चन्द

    224
    Shares
    मुलुकलाई निकास दिन नेपाली विशेषतामा आधारित समाजवाद आवश्यक छ : महासचिव चन्द

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई निकास दिनको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताएका छन् ।

    मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताएका हुन् । उनले नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताए ।

    उनले नेपाली विशेषतामा आधाररित समाजवाद ल्याउन सकेमात्रै मुलुकमा राजनीतिक स्थायित्व दिन र मुलुकको साशकीय स्वरुप परिवर्तन समाजवादबाट मात्र हुने उनको जिकिर छ ।

    मुलुकमा अझै पनि एक प्रकारको उकुसमुकुस र अशान्ती कायमै रहेको उल्लेख गर्दै उनले समाजवादी मोर्चाको गठनसँगै जनतामा आशा पलाउन थालेको बताए ।

    महासचिव चन्दले भने, ‘नेपालको एउटा निर्विकल्प निकाश भनेको समाजवाद हो । नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि निकास दिने नेपाली विशेषताको समाजवाद हो । आजको दिनमा नेपालको सन्दर्भमा वैज्ञानिक समाजवादमा सहमति बन्न सक्दैन भनेपनि समाजवादी पार्टीहरुको बीचमा एउटा सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् त्यसलाई अगाडि लग्नुपर्ने जरुरी छ ।

    जसले राजीतिक स्थिरता दिनसक्छ । शासकीय प्रणालीको स्वरुपमा परिवर्तन गर्नसक्छ । व्यवस्थापीक प्रणालीलाई पनि सुधार गर्नसक्छ ।’

    समाजवादी मोर्चालाई अझै सक्रिय बनाउन सबै दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend