२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

महानगर यातायातमा नयाँ कार्यसमिति, अध्यक्षमा सन्तोष खतिवडा चयन

बिहिवार , माघ १७, २०८१

काठमाडौँ । महानगर यातायात प्रालिको तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।

तेस्रो अधिवेशन तथा नौँ साधारणसभाबाट खतिवडाको नेतृत्वमा निवर्तमान अध्यक्ष मधुसुदन उपाध्याय अधिकारी, व्यवसायी अच्युतप्रसाद अधिकारी, धर्मराज रिमाल, हरिप्रसाद रिमाल, केसव नेपाल र मीरा शर्मा सञ्चालक सदस्यमा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष खतिवडाले महानगर यातायातलाई चिरपरिचित ब्रान्ड बनाउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीलाई अझ मजबुत बनाउने बताएका छन्। साथै, उनले महानगर यातायात प्रालिलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णयसहित आफूलाई नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा धन्यवाद व्यक्त गरे।

‘महानगर यातायातलाई सम्पूर्ण नेपालीको आफ्नै यातायात बनाउने अभियानको नेतृत्व गर्दा खुसीभन्दा बढी जिम्मेवारीको अनुभव गरिरहेको छु’ खतिवडाले भने।

महानगर यातायात निजी सार्वजनिक यातायातको अग्रणी कम्पनी हो । जसलाई नौ वर्षअघि व्यवसायीहरूले स्थापना गरेका थिए। हाल कम्पनीका ८९ वटा बस सञ्चालनमा रहेका छन्।

काठमाडौंको चक्रपथ क्षेत्रमा सेवा दिँदै आएको यस यातायातले केही दिनअघि मात्रै थानकोटदेखि धुलिखेलसम्म सेवा विस्तार गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट