२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सुशासनको क्षेत्रमा नागरिक एपको ठूलो योगदान छ : प्रधानमन्त्री ओली

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपले सुशासनको क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले नागरिक एपबाट नागरिकले सरकारी सेवा सहज रुपमा लिन पाएको बताए ।

उनले नागरिक एपले ५० भन्दा बढी सेवा दिएको बताए । प्रधानमन्त्रीले ५७ लाख २६ हजार जनताले यो एप डाउन लोड गरिसकेको जानकारी दिए ।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट संसद् मुक्त भएको पनि बताए ।

उनले आफ्नो कार्यकालको यो ६ महिनामा बारम्बार विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भएको भन्दै सरकारले स्थायित्व पाएको चर्चा गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट