२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

ढलेँ–ढलेँ गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरुमा सुहाउला, राजनीतिमा सुहाउँदैन : प्रधानमन्त्री ओली

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टिक्ने दाबी गरेका छन् । शुक्रबार संघीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गायिका शान्तिरानी परियारले गाएको ‘म त ढलेँ, ढलेँ’ बोलको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरूले सरकार आजै ढल्छ भोलि ढल्छ भनेर व्यर्थमा समय खेर फालेको बताए ।

उनले भने, ‘ढलेँ–ढलेँ भन्ने गीत बजारमा अलि प्रचारमा छ । त्यस्तै प्रायः राजनीतिक नेताहरूले गाएको सुन्छु । ढल्यो ढल्यो ढल्यो‘ आज ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, बेलुका ढल्यो, राति ढल्यो, ढल्यो, ढल्यो, यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरुमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट