२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सरकार सकारात्मक रुपमा अघि बढेको छ आगामी दिनमा पनि राम्रो काम गर्नेछ : सभापति देउवा (पूर्णपाठ)

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।शुक्रबार संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

देउवाले लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहे पनि आर्थिक अवस्था सुदृढ हुन नसकेको बताए ।

उनले भने, ‘हाम्रो देशको आर्थिक अवस्था उकास्न जरूरी छ। हालै सरकारले व्यवसायिक वातावरण प्रवर्द्धन गर्न, देशभित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ। यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास गरेको छु ।’

उनले सरकार सकारात्मक रुपले अघि बढेको बताउँदै आगामी दिनमा पनि राम्रो काम गर्दै जाने बताए ।

देउवाले भने, ‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव गरेको छु ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट