२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

अध्यादेशको विरोध गर्ने सांसदहरू अध्यादेशका प्रक्रियामा कतै न कतै सामेल छन् : योगेश भट्टराई

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशको विरोध गर्ने सांसदहरू अध्यादेशका प्रक्रियामा कतै न कतै सामेल वा हस्ताक्षरकर्ता रहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका हन् ।

उनले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश ठिक नभएको प्रतिक्रिया दिएको भन्दै आफूलाई अचम्म लागेको बताए ।

उनले भने, ‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ ।’

०७८ सालमा अध्यादेशमार्फत् नै पार्टी विभाजन गरेर माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए ।

सरकारले हालै ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा पेस हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट