२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

राजकीय पद ग्रहण गरेका सबै नेताको सम्पत्ति छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्छ : डा वाग्ले

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति समेत रहेका प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले राजकीय पद ग्रहण गरेका सबै नेताको सम्पत्ति छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् ।

उनले सभापति रवि लामिछानेलाई संसदीय समितिले रकम अपचलनमा प्रत्यक्ष संलग्नता नभएको प्रतिवेदन बुझाउँदा पनि सरकार उनलाई जसरी पनि फसाउने नियतमा लागेको भन्दै सो माग गरेका हुन् ।

उनले भने, ‘नेपालको जाँचबुझ आयोग ऐन, २०२६ छ । हाम्रो एउटा चिरस्थायी माग हुनेछ, नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ति छानविन गर्ने गरेर अब हामी अगाडी जानुपर्नेछ ।’

दलगत धारणा राख्ने क्रममा उपसभापति वाग्लेले संसद सुचारु हुनु जनताको घरको ढोका खुल्नु सरह भएको बताए । लामो समय संसद अधिवेशन आह्वान नगरेको सरकारतर्फ लक्षित गर्दै उनले घरमा ताल्चा लगाएर बाहिर बरालिएको टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट