शनिबार, फाल्गुन १७ २०८१

शनिबार, फाल्गुन १७ २०८१

मस्र्याङदी जलविद्युत आयोजनालाई जुट्यो लगानी, कुमारी बैंकको अगुवाईमा साढे १० अर्ब ऋण

मस्र्याङदी जलविद्युत आयोजनालाई जुट्यो लगानी, कुमारी बैंकको अगुवाईमा साढे १० अर्ब ऋण

काठमाडौं । निजी क्षेत्रबाट स्थापना भएको एम ए पावरले बनाउन लागेको ९० मेगावाटको मस्र्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।

कुमारी बैंकको अगुवाइमा आयोजनामा विभिन्न चार बैंकहरुले १० अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । विकासकर्ता एमए पावरका अध्यक्ष अनुप आचार्य र अगुवा बैंकको तर्फबाट कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र खनालले ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आयोजनामा प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकले ऋण लगानी गर्ने भएका छन् । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारीले ४ अर्ब, प्रभुले ३ अर्ब, सिद्धार्थले २ अर्र्ब र कृषि विकासले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल लागत २० अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ । अहिले ४ वित्तीय संस्थाबीच ऋण लगानी सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ ।

आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत संस्थापकहरुको स्वपूँजी (इक्विटी) हुने गरि लगानी संरचना बनाइएको छ । अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बराल आयोजनाको स्वपुँजी लगानी हुने भएको छ ।

आयोजनामा डोल्मा इम्पाक्ट फन्डले पनि स्वपूँजी लगानी गर्न पूर्व आवश्यक सम्पत्ति दायित्व अध्ययन (डिडिएस) अगाडी बढाएको कम्पनीका अध्यक्ष आचार्यले बताएका छन् । यही समुहबाट सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा रहेको छ ।

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लम्जुङ जिल्लाको राइनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङदी नदीमा विद्युत संरचना निर्माण हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कात्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । व्यपारिक उत्पादन शुरु गर्ने मिति २०८६ वैशाख २२ रहेको छ ।

आयोजना प्राविधिक प्ररामर्शदातामा क्लिन इनर्जी कन्सलटेन्स रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विस्तृत इन्जिनियरिङ डिजाइन तया ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा पुगेको विकासकर्ता एमए पावरले जनाएको छ ।

यसैगरी आयोजनाको बातावरणीय प्रभाव मूल्यांइन प्रतिवेदन (इआइए) स्वीकृतीका लागि सम्बन्धित निकायमा पेश भएको छ कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादित बिजुली विद्युतगृहदेखि २२० केभी सिगम सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको मार्चिक सबस्टेशनमा २२०/१३२ केभी मा जोडिने भएको छ ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend