२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मस्र्याङदी जलविद्युत आयोजनालाई जुट्यो लगानी, कुमारी बैंकको अगुवाईमा साढे १० अर्ब ऋण

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । निजी क्षेत्रबाट स्थापना भएको एम ए पावरले बनाउन लागेको ९० मेगावाटको मस्र्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।

कुमारी बैंकको अगुवाइमा आयोजनामा विभिन्न चार बैंकहरुले १० अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । विकासकर्ता एमए पावरका अध्यक्ष अनुप आचार्य र अगुवा बैंकको तर्फबाट कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र खनालले ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आयोजनामा प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकले ऋण लगानी गर्ने भएका छन् । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारीले ४ अर्ब, प्रभुले ३ अर्ब, सिद्धार्थले २ अर्र्ब र कृषि विकासले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल लागत २० अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ । अहिले ४ वित्तीय संस्थाबीच ऋण लगानी सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ ।

आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत संस्थापकहरुको स्वपूँजी (इक्विटी) हुने गरि लगानी संरचना बनाइएको छ । अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बराल आयोजनाको स्वपुँजी लगानी हुने भएको छ ।

आयोजनामा डोल्मा इम्पाक्ट फन्डले पनि स्वपूँजी लगानी गर्न पूर्व आवश्यक सम्पत्ति दायित्व अध्ययन (डिडिएस) अगाडी बढाएको कम्पनीका अध्यक्ष आचार्यले बताएका छन् । यही समुहबाट सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा रहेको छ ।

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लम्जुङ जिल्लाको राइनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङदी नदीमा विद्युत संरचना निर्माण हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कात्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । व्यपारिक उत्पादन शुरु गर्ने मिति २०८६ वैशाख २२ रहेको छ ।

आयोजना प्राविधिक प्ररामर्शदातामा क्लिन इनर्जी कन्सलटेन्स रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विस्तृत इन्जिनियरिङ डिजाइन तया ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा पुगेको विकासकर्ता एमए पावरले जनाएको छ ।

यसैगरी आयोजनाको बातावरणीय प्रभाव मूल्यांइन प्रतिवेदन (इआइए) स्वीकृतीका लागि सम्बन्धित निकायमा पेश भएको छ कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादित बिजुली विद्युतगृहदेखि २२० केभी सिगम सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको मार्चिक सबस्टेशनमा २२०/१३२ केभी मा जोडिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट