२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गरौँ : अशोक राई

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद अशोक राईले संविधानमा भएको कमजोरीलाई सुधार गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उनले जनताको आवाजलाई सम्बोधन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरे ।

संसद्लाई थप प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षकाबीचमा समझदारी जरुरी रहेको उल्लेख गर्दै उनले आजदेखि सुरु भएको सङ्घीय संसद्को अधिवेशनलाई रचनात्मक बनाउनुपर्ने बताए ।

उनले पाथीभरा केबलकारका सन्दर्भमा भएको विवादमा स्थानीय प्रहरी प्रशासनले बल प्रयोग गरेकामा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट