२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

संसद्को हिउँदे अधिवेशन प्रभावकारी र अधिकतम कानुन निर्माणमा केन्द्रित गरौँ : अध्यक्ष राउत

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताए ।

“संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो । ढिलै भए पनि हामीले जनताका कुरा संसद्मा राख्न पाएका छौँ । अधिकतम ऐन कानुन यो संसद्बाट पारित गरौँ”, उनले भने ।

सुशासन र लगानी प्रवद्र्धनका लागि आएका अध्यादेश स्वागतयोग्य रहेका उनले बताए । अध्यादेशमार्फत सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई सहजीकरण गर्नसक्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष राउतको भनाइ थियो ।

भूमिहीनलाई व्यवस्थापन गर्ने विषय राम्रो भएको उनले बताए । “वास्तविक भूमिहीन पहिचान गरेर जग्गा वितरण गर्नुपर्छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट