२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

उपभोक्ता हितसँग जोडिएका कुरामा सरकार कमजोर देखिएको छ : डा भुसाल

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ । राष्ट्रियसभाका सदस्य डा वेदुराम भुसालले उपभोक्ताहितसँग जोडिएका कुराहरुमा सरकार कमजोर देखिएको बताएका छन् ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए ।

सांसद डा भुसालले भने, “अधिवेशन सुरु हुनुभन्दा चार दिनअघि अध्यादेश प्रकाशित भएका छन् । अध्यादेश ल्याउने संवैधानिक व्यवस्था हो । तर अध्यादेश कतिबेला र कस्तो अध्यादेश ल्याउने भन्ने मुख्य कुरा हो । अध्यादेश जनताको पक्षमा छैनन् ।”

सांसद मोहम्मद खालिदले यो अधिवेशनले जनताको आकाङ्क्षा पूरा गर्न सार्थक होस् भन्ने शुभकामना व्यक्त गरे । उनले भने, “सङ्घीयतालाई मजबुत गर्ने विधेयकहरु थन्किएका छन् । त्यसलाई ‘फास्ट ट्र्याक’मा ल्याएर बहस र पारित गर्नुपर्छ । सबै दल मिलेर दलीय स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्नुपर्छ ।”

सांसद शेखरकुमार सिंहले विधेयक अधिवेशनमा मधेसी जनताको हकहितमा केन्द्रित रहेर मधेसका समस्या समाधान गर्न यस अधिवेशनले निकास दिने विश्वास व्यक्त गरे । उनले भने, “मधेसी जनताका समस्या समाधान हुने विधेयक आउने विश्वास राखेको छु ।”

सांसद तुलप्रसाद विश्वकर्माले मुलुक र जनताका हितका लागि तथा जनताले देखिने किसिमका काम गर्न अधिवेशन सफल हुनुपर्ने सुझाव दिए । उनले भने, “विगतका कमीकमजोरी सच्याएर यो अधिवेशन सफल बनाउन हामीले प्रत्यक्ष रुपमा जनताले महसुस गर्नेगरी समृद्धि हासिल हुने कार्यलाई प्राथमिकता दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट