२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

साना दललाई कमजोर बनाउनेगरी संविधान संशोधन नगरौँ : सांसद चौधरी

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरी डगौराले आफ्नो दल संविधान संशोधनको पक्षमा भए पनि साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन गर्न नहुने धारणा राखे ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले सबै जातजाति, भाषा, धर्म, संस्कृतिको पहिचान जोगिने गरी संविधानको संशोधन गरिनुपर्ने बताए । साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन हुने हो कि भन्ने त्रास रहेको उनले उल्लेख गरे ।

सरकारले अध्यादेशमार्फत् केही कानुन संशोधन गरेकामा प्रशंसा गर्दै सांसद चौधरीले अध्यादेशका केही बुँदामा भने असहमति रहेको जानकारी दिए । भूमि सम्बन्धी अध्यादेशमार्फत ल्याइएका व्यवस्थाप्रति आफ्नो दलको असहमति रहेको उनको भनाइ छ ।

संसद्को चालु अधिवेशनलाई थप प्रभावकारी बनाउन सबैको सक्रिय भूमिका रहनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट