२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कञ्चनपुरमा उखुबारीमा आगलागीबाट तीन लाख बढीको क्षति

आइतवार , माघ २०, २०८१

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ ।

छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा–१२ वडाध्यक्ष नवलसिंह रानाले बताए ।

“हावा चलिरहेका बेला उखुका पात जलाउँदा उखुबारीमा आगो सल्केर पूरै बारीको उखु जलेको छ”, उनले भने, “झण्डै पाँच सय क्विन्टल काट्नका लागि ठिक्क भएका उखु जलेका छन्”, पीडित बमनुले समूहबाट कर्जा लिएर रोपेको पूरै उखु जलेर सखाप भएको बताए ।

“उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको थिएँ”, उनले भने, “दुई दिनभित्र काट्ने तरखरमा लागेका थियौँ, आगलागी हुँदा नोक्सानी व्यहोर्नुपरेको छ ।”

उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए । अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट