२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रिय सभामा बोल्न समय लिएका कांग्रेस सांसद सभामै अस्वस्थ, उपचार हुँदै

आइतवार , माघ २०, २०८१

काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चालान भइरहेका बेला अस्वस्थ भएका छन् ।

आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोजेएपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको थियो ।

उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए ।

रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेको स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट