बुधबार, फाल्गुन २८ २०८१

बुधबार, फाल्गुन २८ २०८१

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना (साउन–पुस) अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । पुसमा मात्र १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ । यस वर्ष औसत १ खर्ब माथि रेमिट्यान्स आएको देखिन्छ ।

यस वर्ष रेमिट्यान्स आप्रवाहमा ४.१ प्रतिशतको मात्र वृद्धि देखिन्छ । अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ ।

मुलुकमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । असार मसान्तयता विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेको हो ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति सोही अवधिमा १०.३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म १६ अर्ब ८४ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति छ । पुस मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले ६ महिनाको अवधिमा चालु खाता १४८ अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १६२ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले रिपोर्टमा उल्लेख छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend