मंगलबार, कार्तिक १८ २०८२

मंगलबार, कार्तिक १८ २०८२

भारतले सन् २०४७ सम्म एक लाख मेगावाट आणविक ऊर्जा विकास गर्ने

भारतले सन् २०४७ सम्म एक लाख मेगावाट आणविक ऊर्जा विकास गर्ने

नयाँदिल्ली,सिन्ह्वा । छिमेकी भारतले आगामी सन् २०४७ सम्म कम्तिमा १ लाख मेगावाट (१०० गिगावाट) आणविक ऊर्जाको विकास गर्ने महत्वकाँक्षी योजना सार्वजनिक गरेको छ ।

यो लक्ष्य अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२५–२०२६ को लागि देशको वार्षिक बजेट प्रस्तुत गर्दा गरेकी हुन् ।
“साना मोड्युलर रिएक्टर (एसएमआरएस) को अनुसन्धान र विकासको लागि २.३ अर्ब अमेरिकी डलर खर्च गरिनेछ,” सीतारामनले भनिन् ।

एसएमआरएस उन्नत आणविक रिएक्टरहरू हुन्, जसको पावर क्षमता ३०० एमडब्लु प्रति एकाइ हुन्छ । यो परम्परागत आणविक ऊर्जा रिएक्टरहरूको उत्पादन क्षमताको लगभग एक तिहाइ हो । “कम्तीमा पाँच स्वदेशी एसएमआरएस सन् २०३३ सम्म सञ्चालन हुनेछ ।”

मन्त्रीले सन् २०४७ सम्ममा कम्तिमा १०० गिगावाट आणविक उर्जाको विकास भारतको ऊर्जा सङ्क्रमण प्रयासहरूको लागि आवश्यक रहेको जानकारी दिइन् ।

“उक्त लक्ष्य प्राप्त गर्न आणविक ऊर्जा ऐन र आणविक क्षतिको लागि नागरिक दायित्व ऐन परिमार्जन गरिनेछ,” उनले थपिन्।

गत वर्ष, भारत सरकारले देशमा कूल १५ हजार ३०० मेगावाट क्षमताका २१ आणविक रिएक्टर रहेको बताएको थियो ।
आउदो २०४७ मा भारतले विकशित मुलुक बन्ने योजना लिएको छ ।

अहिले भारत पाँचौ ठूलो अर्थतन्त्र बनेको छ । भारतको अर्थतन्त्रको आकार बढेर ३८ खर्ब डलर पुगेको छ । आउँदो तीन वर्षमा भारतले विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने जानकारी दिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend