२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

मंगलवार , माघ २२, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानलाई सफल पार्न सबैको साझा प्रयास आवश्यक भएको बताएका छन् ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आज आयोजित देशव्यापी अभियानको शुभारम्भ गर्दै उनले निरोगी नेपाल अभियानलाई सफल बनाउन सम्बद्ध सबैको साझा प्रयास अपरिहार्य भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउँदै नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध होस् भन्नेमा सरकार सचेत रहेको समेत उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रविन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुुलित खाना मात्र खान सुझाए । उनले सबैको साझा प्रयासबाट कोरोना महामारीलाई पनि परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सर निर्मूल गर्न सकिने बताए ।

साथै पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप लागाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरु वञ्चित नहुन् भन्ने प्रधानमन्त्रीले कामना गरे ।

आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने देशव्यापी अभियानमा कक्षा ६ देखि १० कक्षा सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई यो खोप लगाउने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट