बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आधा घण्टा ढिलागरी संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज सरकारले ल्याएका ६ वटा अध्यादेशहरू निर्णयार्थ पेस नहुने भएको छ।

सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने तय भएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend