२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

रामपुर नगरपालिकाद्वारा युवालाई जीवनोपयोगी सीप

बिहिवार , माघ २४, २०८१

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले युवालाई जीवनोपयोगीका लागि सीप सिकाउन थालेको छ । यहाँका ४० युवालाई श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनोपयोगी सीप विकाससम्बन्धी तालिम नगरपालिकाले सुरु गरेको हो ।

नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाअन्तर्गत श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनोपयोगी सीप विकाससम्बन्धी तालिम सडक मर्मतकर्मीका लागि ५० दिने सीप सिकाउन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिए ।

प्राथमिकताको आधारमा वडा/वडाबाट छनोट भएका सूचिकृत बेरोजगारलाई तालिममा सहभागी गराइएको छ । सहभागीलाई १० दिन जीवनोपयोगी सीप र ४० दिन कार्यस्थलमा आधारित सीप प्रदान गरिनेछ ।

नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा हुने तालिममा १० दिनसम्म दैनिक जीवनसँग जोडिने विषय र ४० दिन कार्यस्थलमा गएर पर्खाल लगाउने, सडक मर्मत कसरी गर्ने, सुरक्षा, उपकरणको प्रयोगलगायतका विविध विषयमा सीप सिकाइने नगरपालिकाका रोजगार शाखा प्रमुख गणेश रेग्मीले जानकारी दिए । तालिममा वडा नं २, ४, ६, ७ र ८ का ४० श्रमिकको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट