
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार दमनको बाटो हिँडेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले नागरिकलाई दुःख दिइरहेको आरोप लगाए । सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा पनि सरकारले कडा मुद्दा लगाइरहेको उनले बताए ।
प्रचण्डले सम्झाइबुझाइ गरेर पठाउन सकिने सामान्य घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराउँदै दुःख दिइरहेको बताए । ‘यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’ भन्दै उनले प्रश्न गरे ।
सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोजेको भन्दै प्रचण्डले सरकार दमनको बाटो हिँडेको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend