२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको हो : सांसद पन्त

बिहिवार , माघ २४, २०८१

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा उनले यसका लागि सरकारले छ वटा अध्यादेश ल्याएको बताए ।

“मुलुकको भविष्य बनाउने अध्यादेश आएको छ”, सांसद पन्तले भने, “अध्यादेश देश र जनताको हितमा छ ।” विगतमा थिलथिल बनाएको अर्थतन्त्रलाई वर्तमान सरकारले सुधार गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो ।

सांसद पन्तले भने, “सरकारले ल्याएका कानुनमा जनताको अधिकार कहानेर खोसिएको छ, अध्यादेश ल्याउनु सरकारको अधिकारको कुरा हो ।”

उनले ६ वटा अध्यादेशमा २९ कानुन संशोधनको कुरा उठाइएको र संसद् कुण्ठा अभिव्यक्ति गर्ने ठाउँ नभएकाले जनताको हित र समृद्धिका लागि बोल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट