२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

अध्यादेशहरु संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या छैनः प्रमुख सचेतक बर्तौला

बिहिवार , माघ २४, २०८१

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या नरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अध्यादेशसम्बन्धी विषय व्यवस्थापकीय समस्याको कारणले प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचिबाट हटाइएको बताउँदै निर्णयमा पुग्ने सवालमा कुनै समस्या नरहेको बताए । उनले आउँदो आइतबारको दिन अध्यादेशसम्बन्धी विषय संघीय संसदको दुवै सदनको बैठकमा निर्णयार्थ प्रस्तुत हुने बताए ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘आजको कार्यसूचीमा रहेको अध्यादेशसम्बन्धी विषय सरकारले अर्को दिनको लागि छलफल गर्नेगरी हटाउने प्रश्ताव गरेपछि त्यहीअनुसार हटेको हो । सामान्यतया सरकारी विजनेसमा सरकारले छलफल कहिलेकाँही तलमाथि गर्नसक्छ । यो नियमित प्रक्रिया हो । असाध्यै सामान्य प्रक्रिया हो । अध्यादेशसँग जेडिएर केही प्रसंग र विवेचनाहरु पनि हुन्छन् ।

अध्यादेशसँग सम्बन्धी विषयको निर्णयमा पुग्नको लागि पनि कहीँ असहजता हो कि । यी विषयमा काँही केही समस्या छैन । दुवै हाउसबाट सरकारले जारी गरेको अध्यादेश टेबुल भएको छ । निर्णयार्थ प्रश्तुत हुँदाखेरि स्वाभाविक र सरल प्रकृतिबाट स्वीकृत हुने कुरामा कुनै समस्या छैन ।

आज व्यवस्थापकीय कारणहरुले गर्दाखेरि नै यो कार्यसूचीयबाट हटाइएको हो । अरु केही कारण छैन । भोलि पनि कार्यसूचीको चाप नै रहेको कारण आउँदो आईतवार या सोमवारसम्म अध्यादेशको विषय कार्यसूचीमा चड्नेछ ।’

उनले अध्यादेशमा रहेका कमजोरीहरुलाई सच्याउनुपर्ने भए प्रतिस्थापन विधेयकको क्रममा सम्बोधन गर्न सकिने उल्लेख गर्दै यस विषयमा जसपा नेपालले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट