बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुन्छौँः जसपा उपाध्यक्ष यादव

अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुन्छौँः जसपा उपाध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका उपाध्यक्ष राजकिशोर यादवले अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष यादवले अध्यादेशसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदनको गहिरो ढंगले पार्टीले अध्ययन गरिरहेको बताएका हुन् ।

उनले अध्यादेशबारे आज नै निष्कर्षमा पुग्ने भनेर पार्टीको बैठक बसेको भएपनि सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको कारण निष्कर्षमा पुग्न नसेको बताए ।

उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अध्यादेशका सन्दर्भमा सरकारलाई सहयोग गर्न आग्रह गरेको समेत उल्लेख गरे । उनले सभापति देउवाले सहयोग गर्न अनुरोध गरेको भएपनि आफूहरुले कार्यदलको सुझावको आधारमा निर्णय लिने बताएको समेत जानकारी दिए ।

उपाध्यक्ष यादवले भने, ‘हामीले अध्यादेश अध्ययन प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका छौं । निष्कर्षमा पुग्ने भन्ने आजको कार्यसूची थियो । तर संसदको कार्यसूचीबाटै अध्यादेश पेस गर्ने कार्यसूची हटाइयो । त्यो भइसकेपछि यसलाई अझै गहिरो तरिकाले अध्ययन गरेर अर्को बैठकमा निर्णयार्थ प्रश्तुत गर्ने भनेर आज छलफल भएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले हिजो राति नै फोन गरेर एकचोटि भेट्ने भनेर बोलाइसकेपछि हाम्रो पार्टी अध्यक्ष र म स्वयं भेटेका हौं । उहाँले अध्यादेशमा सहयोग गर्नुस् भन्ने कुरा राख्नुभयो । हाम्रो तर्फबाट कार्यदलले अध्ययन गर्दैछ ।

त्यसपछि दलको बैठक बसेर पार्टीले आधिकारिक निर्णय लिन्छ, त्यही निर्णयका आधारमा हामी अगाडि बढ्छौं भन्ने कुरा राख्यौं । सरकारको विषयमा र बाहिर आएका कुनै पनि विषयमा कुरा भएको छैन । सबै मिथ्या हुन् ।’

सरकारले ल्याएका अध्यादेशको सम्बन्धमा अध्ययन गरि प्रतिवेदन बुझाउन जसपा नेपाललले कार्यदल गठन गरेको थियो । जसपाले अध्यादेशको कन्टेन्टको आधारमा समर्थन वा विरोध गर्ने बताउँदै आएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend