logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सम्बन्ध विच्छेदको मोडमा किम कादर्सियन र कान्ये वेस्ट  

    सम्बन्ध विच्छेदको मोडमा किम कादर्सियन र कान्ये वेस्ट  

    3.6K
    Shares

    चर्चित हलिउड स्टार किम कार्दशियन र उनका पति र्यापर कान्ये वेष्टको सम्बन्धविच्छेदबारे खबरले अहिले अलिउड मिडियामा निकै चर्चा छ । उनीहरुको ६ बर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा उनीहरु लागेको समाचार एकपछि अर्को मिडियाले निकालिरहेको  छ।

    हलिउडको चर्चित जोडीका रुपमा चर्चित यी दुईको सम्बन्ध पछिल्लो समय चिसिएको छ । हलिउ लाईफ डटकमाका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउन लागेका हुन् र किमले  डिभोर्सको फाइल दर्ता गर्ने प्रकिया समेत अगाडि बढाएको जानकारि दिएको छ । कान्येले पनि  सम्बन्धविच्छेदको फाइल पर्खिरहेको बताएको छ ।  खटपट सुरु भएदेखि यी दुई जोडि अलग बस्दै आएको छ ।

    यस्तै, कान्येले पनि केही समयदेखि किमसँगको सम्बन्धलाई विश्राम लगाउने बिषयमा छलफल गरिरहेका छन् । उनले १४ मिलियन डलरमा किनेको आफ्नो फार्म हाउसमा एक्लै लामो समय बिताएका हुन् । उनीहरुको चार सन्तान छन् ।

    किमले गतबर्षको जुलाई महिनामा कान्येको मानसिक स्वास्थ्य अवस्थाको बारेमा बताएकी थिइन् र यसलाई ‘जटिल र दर्दनाक’ समेत भनेकी थिइन् । सम्बन्ध विच्छेद गर्ने विषयमा दुवैले अहिलेसम्म कुनै आधिकारिक खुलासा भने गरेका छैनन् । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend