मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सांसद बलायरको प्रश्नः ‘सुदूरपीश्चम प्रदेशले राजधानी कहिले पाउँछ ?’

सांसद बलायरको प्रश्नः ‘सुदूरपीश्चम प्रदेशले राजधानी कहिले पाउँछ ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको उल्लेख गर्दै सरकारसँग जवाफ माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभाले गोदावरी राजधानी तोकेको पाँच वर्षभन्दा बढी भइसकेको छ । तर सभाले सर्वाभौम अधिकार प्रयोग गरेको यो निर्णय यतिबेला अलपत्र परेको छ ।

प्रदेशको सबै काम कार्बाही कैलालीको धनगढीबाट हुँदै आएको छ । सांसद बलायरले संसदमा लगातार दुई वर्षदेखि यही कुरा बोलेको भएपनि सुदूरपश्चिमले राजधानी नपाएको बताए ।

उनले भने, ‘गएको सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा घोषणा गर्यो । त्यहाँको प्रदेश सभाले राजधानी तोक्यो । तर अहिलेसम्म सुदूरपश्चिमले राजधानी नपाउनु ? संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण गर्दाको हस्ताक्षरकर्ता पनि हो म ।

आज सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो ? यसको उत्तर कसले दिने हो ? अढाई वर्षदेखि यहीबारेमा मैले बोल्दै आएको छु । यसको जवाफ चाहिन्छ ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको हस्ताक्षरकर्ता आफू समेत भएको उल्लेख गर्दै उक्त माग सम्बोधन हुनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend