logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • मोबाइल फोन नबोक्ने आमिर खानको निर्णय

    मोबाइल फोन नबोक्ने आमिर खानको निर्णय

    2.8K
    Shares

    मुम्बई । बलिउडमा मिस्टर फरफेक्शनिस्ट उपनामले चर्चित अभिनेता आमिर खानले आफूलाई मोबाइल फोनसँग टाढै राख्ने निर्णय गरेका छन् ।

    आफ्नो कामप्रति निकै लगाव राख्ने यि अभिनेता फिल्म ‘लाल सिंह चढ्डा’ रिलिजको तयारीमा लागेका छन् । यद्यपी यो फिल्म भने यही वर्षको डिसेम्बर २४ मा मात्र रिलिज हुनेछ । आफ्नो काममा फोनले लगातार अवरोध गरेको बताउँदै आमिरले मोबाइल फोन नबोक्ने घोषणा गरेका हुन् ।

    फिल्ममा आफ्नो भूमिका निकै बफादारीका साथ निभाउने अभिनेताको रुपमा आमिरलाई लिइन्छ । फिल्ममा आमिरसँग करिना कपुरको जोडी बाँधिएको छ । पिके, तारे जमिन पर, गजनी, धूम ३ जस्ता हिट फिल्म दिएका आमिरको लाला सिंह चढ्डा पनि निकै प्रतिक्षित फिल्म रहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend