२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जापानका अटो कम्पनी निसान र होन्डाका मर्जर वार्ता भंग, तीन प्लान्ट बन्द गर्ने निसानको घोषणा

शुक्रवार , फाल्गुण २, २०८१

टोकियो, एएफपी । जापानका अटो कम्पनीहरुको मर्जर भंग भएको छ । बिहीबार बजार बन्द भएपछि कम्पनीहरूले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा गरेका छन् । मर्जर वार्ता भंग भएपछि विश्वको तेस्रो सबैभन्दा ठूलो अटोमेकर निसानले आफ्नो लागत संरचनालाई अनुकुलन गर्ने बताएको छ ।

बिहीबार निसानको शेयर ८.१७ प्रतिशतले बढेर ४ सय ४९ येन पुगेको थियो भने होन्डाको शेयर ४.४६ प्रतिशतले बढेर एक हजार ४९८ येनमा पुगेको थियो ।

निसानले आफ्नो लागत संरचनालाई अनुकूलन गर्ने र आर्थिक वर्ष २०२६ मा कूल ४ खर्ब येन (२.६ अर्ब अमेरिकी डलर) ले स्थिर र परिवर्तनशील लागत घटाउने योजना बनाएको जनाएको छ ।

निसानले करिब नौ हजार रोजगारी कटौतीको विस्तृत विवरण दिँदै भनेको छ, “सञ्चालनलाई व्यवस्थित गर्ने, नयाँ कर्मचारी भर्ना कटौती लागू गरेर र स्वैच्छिक पृथकिकरण कार्यक्रमहरूलाई गति दिएर विश्वव्यापी अप्रत्यक्ष दुई हजार ५०० कर्मचारी घटाउनेछ ।”

निसानले बाँकी अनावश्यक जनशक्ति कटौतीका लागि आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा तीन वटा प्लान्ट बन्द गर्नेछ । थाइल्याण्ड र अमेरिकामा निर्माणस्थलहरू बन्द गर्दा आर्थिक वर्ष २०२५ मा पाँच हजार ३०० रोजगारी कटौती हुनेछ र अर्को वर्ष एक हजार २०० रोजगारी कटौती हुनेछ।

निसानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) माकोतो उचिदाले एक विज्ञप्तिमा भने, “हामी उन्नत प्रतिस्पर्धी उत्पादनहरूको माध्यमबाट शीर्ष–लाइन वृद्धिलाई अघि बढाउँदै अधिक कुशल लागत संरचना प्राप्त गर्न समर्पित छौँ ।

निसानले शीर्ष व्यवस्थापन पदहरूमा पनि २० प्रतिशतले कटौती गर्ने जनाएको छ ।

दुई महिनाअघि जापानी अटो कम्पनी होन्डा मोटर्स र संघर्षरत प्रतिद्वन्द्वी निसान मोटर्स लिमिटेडले चिनियाँ प्रतिद्वन्द्वी बिवाइडी र टेस्लाको विद्युतीय सवारी साधनसँग प्रतिस्पर्धा गर्न विलय का लागि वार्ता अघि बढाउने निर्णय गरेका थिए।

उनीहरूको सहकार्यले विश्वको तेस्रो ठूलो अटोमेकर बन्नुका साथै विद्युतीय सवारी र स्व–चालक प्रविधिको विकासलाई विस्तार गर्ने बताइएको थियो।

यो पनि :

टेस्लासँग प्रतिस्पर्धा गर्न होन्डा र निसान मर्जमा जाने, विश्वको तेस्रो ठूलो अटोमेकर बन्ने

जापानका अटो कम्पनी धमाधम मर्जमा, होन्डा र निसानसँगै मित्सुबिसी मोटर्स गाभिने

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ