२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रकृति लम्साल घटनाले उब्जाएका प्रश्न

बिहिवार , फाल्गुण ८, २०८१

सामाजिक संजाल फेसबुक चलाइरहेको थिए त्यही बेला एक साथीको स्टोरी मोवाइल स्क्रीनमा झल्यास्स आयो । खबर थियो एक नेपाली विद्यार्थीले भारतमा आत्महत्या गरेको ।

त्यतिन्जेल मलाई मृतकको नाम थाहा थिएन, तर आँखाबाट आँसु झरे । मैले जिन्दगीमा सबैभन्दा धेरै कुनै विषयमा सोचेको छुँ भने सायद त्यो मृत्युको बारेमा नै होला ।

आत्महत्या गर्न कति हिम्मत चाहिन्छ ? कसैले बाच्ने कारण देख्न नसके बल्ल आत्महत्या गर्ने अवस्थामा पुग्छ । आत्महत्याको विषयलाई सदैव मनस्थितिको हिसाबले अध्ययन गराउने बेलामा इमाइल डर्खाइमले सामाजिक विषयबाट अध्ययन गरी पुस्तक नै छाप्नु भएको छ। यस बेला के भएको होला ? धेरै बेर सोच्न बाध्य भए।

मान्छे जन्मेपछि मृत्यु हुनु प्राकृतिक प्रक्रिया हो। मानव अधिकारको विषयमा पनि मान्छे मर्नु स्वाभाविक हो, के कारणले मर्यो र कसरी मर्यो भन्ने कुरा कानुनसंग सम्बन्धित हुन्छ। कसैले हत्या गरी मारे, कसैले आत्महत्या गर्ने पर्ने वाध्यतामा पुर्यायो वा मर्न प्रेरित गर्यो, कसैको लापरवाही वा हेल्चेक्र्याईले मृत्यु निम्त्याए त्यो कानुनको विषय बन्दछ। यद्यपि, यो मृत्यु कस्तो थियो होला भनी सोच्न बाध्य भए ।

प्राकृतिक कारणले मृत्यु भए एउटा मान्छे मर्दछ, देशभन्दा बाहिर पढ्न गएको मान्छे मर्दा एक नागारिकको मृत्यु हुन्छ। नागरिक त राष्ट्र हुने एक आधार हो। देशकै सम्बन्ध भएको कारणले मैले त्यसलाई आफ्नै शरीरको एक अंग टुक्रिएको महसुस गरे।

अझै धेरै छानविन गर्न मन लाग्यो, "नेपाली विद्यार्थीलाई लखेट्दै छ, गाली गर्दै छ प्रशासन" भन्दै देख्दा झनै मन दुख्यो। मर्ने मान्छे त मर्यो मर्यो अब जिउँदो मान्छेमाथि यति अन्याय किन होला जस्तो लाग्यो। यता परिक्षाको लागि मानव अधिकार नै पढ्न खोज्दै थिए - यता यस्तो घटना, पढेर मात्र के गर्नु, पढ्दा त मानव अधिकार सार्है सुन्दर लाग्दछ। "मानव अधिकार र मानवताको सम्बन्ध भनी कल्पना गर्दै छु। मानवता नै नभए मानव भन्न पनि मिल्छ र ? कि मानव हुने एक आधार भनेको मान्छेले जन्माएको जे सुकै कुरा हो? " भन्ने जिज्ञासा उत्पन्न भयो।

एकजना साथीले अर्को भिडियो हाल्नु भएको थियो, संसद भवनमा यो कुरामा बोलेको। नेपाली विद्यार्थी माथि कुटपिट भएको अर्को भिडियो सबै हेर्दा पनि सार्है धेरै नराम्रो लाग्यो। मनमा विचार आयो "देशको माया त यत्ति धेरै छ मलाई, मेरो राज्य कहाँ चुक्यो ? देशमा शिक्षाको अवस्था सार्है राम्रो भएको भए कोही विदेश पनि जानु पर्थ्यो होला र? राजनीतिलाई गाली गर्ने स्वभाव छैन, तर यहाँ राजनीति चुकेको हैन र? विद्यार्थीले त साथीको लागि आवाज उठाए , के भएछ कि उनीहरुलाई धम्काउदै छन् ?" यी प्रश्नले मन नै सिरिङ्ग बनायो। म नैतिकता र मानवता अब कहाँ बाकी होला र भनी कल्पना गर्न थाले।

हेर्दै गए, अर्को भिडियो बाहिर आयो "हामीले ४० हजार जनालाई खुवाउदै छौ, तिमीहरुको देशको बजेट पनि यत्रो छ र " भनी प्रश्न गरेको। अब भने आँसु बरर खस्यो, "यो बेला हो र यस्तो कुरा गर्ने" भनी मन मनमा भनेँ। यद्यपि, याद आयो, देशमा शंकट पर्दा सबैले यसरी नै हेप्नेछन् , जवाफ त्यतिबेला दिन कोही आउदैन। समाधान भनेको हाम्रो देशको अर्थतन्त्र यत्ति बलियो बनाउनु पर्छ कि अरु कसैले यसो भन्ने मौका नै पाउदैनन् भन्ने भान भयो।

यद्यपि, शिक्षक जस्तो मान्छेले यस्तो कुरा बोल्ने हो र, भन्ने विचार पनि आयो। "अखंड मांडला कारम व्याप्तम् येन चराचरम् तत् पदम् दर्शितम् येन तस्मै श्री गुरूवेन नमः" ; "गुरु देवो: भव:" र "गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुःसाक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ॥"

जस्ता श्लोकले गुरुको वर्णन गर्ने हाम्रो पूर्वीय दर्शन भएको देशकी नागरिक भएको कारण पनि छिमेकी संस्कार त्यस्तै होला भन्ने अपेक्षा राख्नु नै गल्ती भयो जस्तो लाग्यो। त्यसपछि अमर न्यौपानेको करोणौ कस्तुरी भन्ने किताब सम्झे - गुरु र शिक्षक फरक फरक कुरा हुन् भन्ने याद आयो।

सार्है नराम्रो लागेको थियो, सोचेर निदाउन नै नसकुला झैँ लाग्यो। त्यसपछि केही भारतीय साथीहरुले सन्देश पठाउन थाल्नु भयो , भारतीय केही मित्रहरुले "नेपालीमाथि अन्याय हुदै छ, यस्तो गर्नु हुदैन" "नेपालको प्रधानमंत्रीले बोल्न पर्यो, यत्ति सम्म त अन्याय नगर न" भनी मानवताको लागि बोल्नु भएको देखे। अनि सम्झे, हाम्रो सम्बन्ध मानवताको हो, अन्तराष्ट्रिय सम्बन्ध राज्य बीच मात्र नभइ कोही व्यक्तिको भूमिकाले पनि सम्भव छ भनी। आभारी भए, मानवता पुरै मरेको छैन भन्ने भान हुदाँ। अनि बल्ल, प्रकृति नाम रहेको थाहा पाए। मृतकप्रति श्रद्दान्जली मन मनमा दिएर, "अब राज्य बलियो बनाउनु नै देशको ऋण तिर्ने अवसर हो, प्रकृतिलाई न्याय दिलाउने मार्ग हो" भनी संकल्प लिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ