२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर

शनिवार , फाल्गुण १०, २०८१

चङ्खेली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य शिविरि सञ्चालन गर्दै आएको छ ।

‘अध्यक्ष–उपाध्यक्ष भेटौँला, चङ्खेलीवासीका दुःख मेटौँला’ भन्ने नारा दिएर जिल्लाको मध्य क्षेत्रमा रहेको सो गाउँपालिकाले हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको स्वास्थ्य शाखा प्रमुख शुरवीर शाहीले बताए ।

आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममार्फत हरेक दुई महिनामा जिल्ला स्वास्थ्य सेवा कार्यालयको समन्वयमा विशेषज्ञ चिकित्सक ल्याइ हरेक गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति पारित भएसँगै हरेक दुई महिनामा नियमित रुपमा शिविर सञ्चालन हुँदै आएको छ ।

गाउँपालिकाको निःशर्त बजेटमार्फत रु छ लाख विनियोजन गरी एक वर्षमा छ वटा शिविर सञ्चालन गर्ने कार्यपालिकाको निर्णयसँगै गाउँसभाले पारित गरेपश्चात् अहिलेसम्म दुई हजार जनाभन्दा बढीले यो सेवा लिएको र ३५ बिरामीलाई काठमाडौँको केएमसी अस्पतालमा ल्याइ उपचार गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक शाहीले बताए ।

उक्त शिविरमार्फत चिकित्सकको सिफारिसमा उनीहरुलाई गाउँपालिकाले ल्याउने र लैजाने भाडा उपलब्ध गराई काठमाडौँमा निःशुल्क उपचार गराएको हो । हरेक दुई महिनामा हुने उक्त निःशुल्क शिविरका लागि प्रतिशिविर रु ५० हजारका दरले खर्च हुन्छ ।

स्वास्थ्य सेवा कार्यालयको समन्वयमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई जिल्लाबाट ल्याउने र लैजाने भाडा तथा उनीहरुलाई खाना तथा बस्नका लागि गाउँपालिकाले व्यवस्था गर्ने र निःशुल्क औषधि वितरण गरी गाउँपालिकाका नागरिक कोही पनि औषधि नपाएर मर्नु नपरोस् भनी यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट