२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आत्मनिर्भर डेरी उद्योग चोरी पैठारीले संकटमा, नियन्त्रण गर्न संघको माग

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । डेरी उद्योग संघले अनाधिकृत रुपमा चोरी पैठारी भई आएका दुग्धजन्य पदार्थहरुको बिक्री वितरण रोक्न माग गरेको छ ।

पर्याप्त मात्रामा स्वदेशमै उत्पादित दुग्धजन्य पदार्थ बिक्री गर्नुपर्नेमा जोड दिँदै संघले अनाधिकृत चोरी पैठारी रोक्न माग गर्दै सरकारसँग अपिल गरेको छ ।

सूचना जारी गर्दै संघले भनेको छ किसान तथा उद्यमीलाई वचाई राख्न अनाधिकृत रुपमा चोरी पैठारी भई आएका दुग्धजन्य पदार्थहरुको विक्रि वितरण र उपयोग नगर्न नगराउन हुन डेरी उद्योग संघ सम्बधित उद्योगी व्यवसायी, डिलर, मार्ट संचालक एवं ओसार पसारकर्ताहरुमा जोडदार आग्रह गर्दछ ।

आयात प्रतिवन्ध हुँदा पनि अवैध रुपमा सिमापारीबाट विदेशी ब्राण्डका स्किम मिल्क पाउडर, डेरी ह्वाइटनर, बटर, घिउ, होल मिल्क पाउडर, चिज, आदी दुग्धजन्य पदार्थहरु अनाधिकृत रुपमा चोरी पैठारी भई व्यापारिक प्रतिष्ठानहरुमा छ्यापछ्याप्ती खुल्लम्खुल्ला बिक्री वितरण भैरहेको संघले जनाएको छ ।

संघले यसबाट अर्बौंको राजस्व संकलनमा असर पर्न गएको र अर्को तर्फ यसरी आएका दुग्धजन्य पदार्थले बजारको ठूलो हिस्सा ओगटेका कारण स्वदेशी वस्तु बिक्री हुन नसकि भुक्तानी चक्रको सन्तुलनमा असर परेको उल्लेख गरेको छ ।

मौज्दात दुग्धजन्य पदार्थ बिक्री गरी सक्नका लागि निर्यात गर्नु पर्ने र अवैध आयातित वस्तु नियन्त्रण गर्न सरकारसँग जोडदार माग गरेको छ ।

आत्मनिर्भर भैसकेको स्वदेशी दुग्ध क्षेत्रलाई संरक्षण गर्नका लागि संघले सरकारसँग माग गरेको छ । नेपाल सरकारका सम्बन्धित सूरक्षा निकायहरुबाट कानूनको उलंघन गरि खुला सिमाबाट अवैध रुपमा चोरी पैठारी भै आएका दुग्धजन्य पदार्थहरुको ओसारपसार र विक्रि वितरणमा आवश्यक नियन्त्रण गरी आत्मनिर्भर भैसकेको स्वदेशी दुग्ध क्षेत्रलाई संरक्षण गरि दिनु हुन समेत अनुरोध गर्दछौं । सूचनामा भनिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट