२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

केएमसी अस्पतालमा स्याङ्जा जिल्लावासीलाई सबै प्रकारको उपचार निःशुल्क

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले एक दिनको लागि स्याङ्जा जिल्लावासीलाई उपचार निशुल्क गर्ने भएको छ ।

चैत ४ गते स्याङ्जा जिल्लावासिलाई अस्पतालमा उपचार निःशुल्क गर्ने गरि स्याङ्जा क्षेत्र २ का सांसद नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ र कलेजका प्रोपाइटर सांसद डाक्टर सुनिल शर्माबीच विपन्नताका कारण उपचार गराउन नसकेका स्याङ्जाका बिरामीहरुलाई उपचार गर्ने सहमति भएको हो ।

सम्झौता अनुसार औसधि, औसधिजन्य सामान र खाना बाहेक अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटिस्क्यान, एमआरआईू लगायत सबै निशुल्क गर्ने व्यवस्था मिलाइएको छ । तर बिरामीले उपचार गराउन आउँदा बिमा गराएको भए बिमा कार्ड अथवा विपन्नताको सिफारिस लिएर आउन भनिएको छ ।

उपचारको लागि लागि थप जानकारी आवश्यक परेमा माननीय धनराज गुरुङको सचिवालयलाई सम्पर्क गर्न सकिने पनि गुरुङको सचिवालयले जनाएको छ ।

बिरामीहरूले के गर्नुपर्छः

निशुल्क उपचारको लाभ लिन इच्छुक बिरामीहरूले उपचारका लागि आउँदा निम्न कागजात लिएर आउनुपर्नेछः

१) स्याङ्जाका स्थानिय सरकारी अस्पतालमा जाँच गराई थप उपचारको आवश्यक भएको खण्डमा त्यस्ता विरामीलाई के. एम. सि. रिफर गरेको हुनु पर्ने छ ।

२) स्वास्थ्य बीमा गरेको भए बीमा कार्ड सहित रिफर कागजात पनि अनिवार्य लिई आउनु पर्ने छ ।

२) यदि बीमा छैन भने स्थानीय निकायबाट सिफारिस पत्र पनि लिई आउनु पर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट