मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

विराटनगरको गोल्डेन अस्पताल १४ वर्षमा प्रवेश

विराटनगरको गोल्डेन अस्पताल १४ वर्षमा प्रवेश

विराटनगर । विराटनगरको गोल्डेन अस्पताल प्रा.लि आज (आइतबार)बाट १४ वर्षमा प्रवेश गरेको छ ।

१४ औं वार्षिकोत्सवको अवसरमा भाडाको घरबाट अत्याधुनिक कर्पोरेटको अवस्थामा अस्पताल पुगेको जानकारी दिइयो । सुरुमा विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोकमा भाडाको घरमा अस्पताल सञ्चालन गरिएको थियो ।

अहिले विराटनगर–११ जनपथमा अत्याधुनिक १ सय शैयाको आफ्नै भवन रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत जियाउल हकले जानकारी दिए ।

‘सुरुमा भाडाको घरबाट सञ्चालित थियो । अहिले आफ्नै अत्याधुनिक भवनबाट सेवा दिइरहेको छ । स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाइएको छ,’ उनले भने । हकका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) एकीकृत १९२–स्लाइसको सीटी स्क्यान, एमआरआई, मोडयुलर ओटी, एड्भान्स आईसीयू, एनआईसीयू, एचडीसीयूजस्ता अत्याधुनिक प्रविधि अस्पतालमा उपलब्ध छन् ।

No description available.

अस्पतालका सञ्चालक एवं वरिष्ठ चिकित्सक डा. श्यामकुमार रौनियारले अस्पतालले १४ वर्षको अवधिमा धेरै उतारचढाव झेल्नु परेको सुनाए । ‘हाम्रो प्रमुख उद्देश्य मेडिकल कलेजभन्दा किफायती दरमा आमनागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु हो । हामीसँग नेपालकै सबैभन्दा उत्कृष्ट ‘सुपर स्पेसियालिटी’ टिम, सर्वश्रेष्ठ ट्रमा, न्युरो तथा आरटीए म्यानेजमेन्ट टिम, उपलब्ध छन्,’ उनले भने ।

डा. रौनियारका अनुसार १३ वर्षदेखि निरन्तर र पूर्वमै पहिलो मिर्गौला रोग विशेषज्ञसहितको सेवा अस्पतालले दिएको छ । अस्पतालको सेवा नेपालीहरुमा मात्रै सीमित छैन । छिमेकी भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगाललगायतका बिरामीको पनि पहिलो रोजाइमा पर्ने उनले बताए । उपचारमा आउनेमध्ये भारतका करिब ४० प्रतिशत हुने गरेका छन् ।

No description available.

अस्पतालले आफ्ना सेवाहरूलाई निरन्तर सुधार गर्दै चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र अत्याधुनिक प्रविधिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको डा. रौनियारको भनाइ छ ।

उनका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिएर गत मंसिर २१ गतेबाट कलेज सञ्चालन गरी डिप्लोमा इन फार्मेसी, पसीएल नर्सिङ र पीसीएल जनरल मेडिसिन कार्यक्रम सुरु गरिएको छ ।

No description available.

अस्पतालले अझै सेवा विस्तार गर्ने लक्ष्य लिएको बताउँदै डा. रौनियारले आगामी वर्षबाट क्याथ ल्याब र आईभीएफ सेवा उपलब्ध गराइने बताए । ‘क्याथ ल्याब सेवा सञ्चालन गरी मुटु रोगीका लागि अझ सुलभ उपचार तथा आईभीएफ सेवा सुरु गरी निःसन्तान दम्पतीलाई अभिभावक बन्ने सपना साकार पार्ने योजना छ,’ उनले भने ।

उनले अझै विश्वस्तरीय, गुणस्तरीय र नवीनतम सेवा दिने प्रतिबद्धता पनि जनाए । ‘अस्पतालले जनताको विश्वास जितेको छ । जनतालाई सर्वसुलभ सेवा दिन हामी तयार छौं,’ डा. रौनियारले भने ।

No description available.

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend