सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

निसान म्यागनाइटको फेसलिफ्ट संस्करण विराटनगरमा सार्वजनिक, सुरुवाती मूल्य ३४ लाख

निसान म्यागनाइटको फेसलिफ्ट संस्करण विराटनगरमा सार्वजनिक, सुरुवाती मूल्य ३४ लाख

विराटनगर । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कपै प्रालि विराटनगरले शाखाले निसान म्याग्नाइटको नयाँ फृेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ ।

सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी शारडा ग्रुपका निर्देशक प्रतिद कुमार शारणा तथा पायोनियर मोटोकर्पका शाखा प्रमुख अमित अग्रवालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।

सार्वजनिक पछि ९० वर्ष पुरानो जापानको निसान कम्पनीले उत्पादन गरेको नयाँ निसान म्याग्नाइटको बिक्री विराटनगरमा सुरु भएको छ । बोल्डर डिजाइन, उत्कृष्ट सुरक्षा र अत्याधुनिक प्रविधिमा उत्पादित नयाँ निसान म्याग्नाइटको फेसलिफ्टको गाडीको सुरूवाती मूल्य मूल्य ३४ लाख ७५ हजार रूपैयाँ राखिएको छ भने सबैभन्दा महँगो मोडलको मूल्य ५२ लाख ९९ हजार रूपैयाँ छ ।

No description available.

पायोनियर मोटो कर्प प्रा.लि. विराटनगर शाखाका प्रबन्ध अमित अग्रवालले ४० लिटर पेट्रोलको क्षमता रहेको निसान म्याग्नाइट नेपालको बाटोलाई सुहाउने नयाँ उत्कृष्ट मोडल रहेको बताए ।

निसानको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ल्याएको यो गाडी डिजाइन, सुरक्षा र आरामका हिसाबले थप परिमार्जन गरिएको उल्लेख गरेको छ । यो गाडी दुई फरक इन्जिन र ११ मोडलमा उपलब्ध भएको बिक्रेता कम्पनीले जनाएको छ ।

कम्पनीले यसमा १.० लिटरको दुईवटा इन्जिन विकल्प दिएको छ, जसमा साधारण र टर्बो इन्जिन छन् । बिक्री खुला गर्नु पहिले टेष्ट ड्राइभ गर्ने क्रममा अप्ठ्यारो बाटोमा पनि गाडीले राम्रो पकड बनाएको, अग्लो उकालो चढ्दा इन्जिनले भरपूर शक्ति दिएको बिक्रेता कम्पनीको दाबी छ ।

No description available.

३६० सराउण्ड भ्यू क्यामरा, स्ट्यान्डर्ड भेरियन्टबाटै ६ एयरब्याग पाउन सकिने म्याग्नाइटमा भेहिकल डाइनमिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट र टायर प्रेशर मोनिटरिङ सिस्टम उपलब्ध छ ।

यसअघिको म्याग्नाइटले ग्लोबल क्र्यास टेस्टमा फोर स्टार रेटिङ पाएको थियो । त्योभन्दा अब्बल बनाउन कम्पनीले सेफ्टी फिचर थप गरेर ल्याएको उल्लेख गरिएको छ ।

सबै सिटमा थ्री–प्वाइन्ट बेल्ट, सिट बेल्ट रिमाइन्डर उपलब्ध गराइएको छ । इन्टेरियरलाई चालकमैत्री बनाइएको छ । इन्टेरियरसँगै नयाँ म्याग्नाइटको बाहिरी डिजाइन परिस्क्रित गरिएको छ ।

अगाडिको जाली, पांग्राको डिजाइन, पातलो बत्ती सहितको टेल बत्ती र अगाडिको चम्किलो बत्तीहरूले यो गाडीलाई आकर्षण देखाएको छ ।

निसान म्याग्नाइट फेसलिफ्ट राम्रो माइलेज दिने, सुरक्षित, बलियो र आकर्षक भएकोले नेपाली बजारमा राम्रोसँग प्रतिस्पर्धा गर्न सक्ने अपेक्षा बिक्रेता कम्पनीको छ ।

No description available.

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend