२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली फिल्म महोत्सवको तेस्रो संस्करण इंग्ल्यान्डमा आयोजना हुँदै

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । विगत ३ बर्षदेखि लण्डनमा आयोजना हुँदै आएको नेपाली फिल्म महोत्सवको तेस्रो संस्करण इंग्ल्यान्डमा आयोजना हुँदैछ । थर्ड आईको आयोजनामा आउँदो मे अन्तिम साता फिल्म महोत्सवको तेस्रो संस्करण लन्डनस्थित नेपाली बाहुल्य राज्य इंल्याण्डमा आयोजना हुने भएको हो ।

यस सम्बन्धमा आईतबार लण्डनमा आयोजित पत्रकार सम्मेलनमा बताईए अनुसार बेलायतमा नेपाली कला र चलचित्रको प्रवर्धनात्मक उद्येश्यले आयोजित महोत्सवको तेस्रो संस्करणमा सन् २०२४ जनवरीदेखि ०२४ डिसेम्बरसम्म निर्माण भएका मध्येबाट उत्कृष्ट ५ चलचित्र प्रदर्शन गरिने छ ।

संसारभरबाट आवेदन गरिएका नेपाली भाषा वा नेपाली सबटाइटलका फिल्ममध्येबाट जुरीले छनोट गर्ने ५ वटा फिल्म देखाइने र समापनमा कलाकारहरुलाई विशेष सम्मान र विभिन्न परफर्मेन्स हुने यस महोत्सवमा करिव १५ जना नयां पुराना कलाकारहरु नेपालबाट सहभागीको लक्ष्य राखिएको छ ।

थर्ड आईका संस्थापक–निर्देशक विकास देवकोटाका अनुसार नेपाली सिने क्षेत्रको अन्तर्राष्ट्रिय बजार प्रवर्धन, नेपाल र बेलायतका कलाकारबीच सम्बन्ध अभिवृद्धि र बेलायतमा रहेका नेपाली प्रतिभाहरुका लागि ‘प्लेटफर्म’ प्रदान गर्नका निम्ती यस महोत्सवले सेतु ब्रीजका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् भन्नेतर्फ आयोजक सुरुवाती संस्करणबाट नै गम्भिर रहँदै आएको छ ।

गत वर्ष ८ सय ४० वटा फिल्मले आवेदन दिएको यस फिल्म फेस्टिभलमा सहभागी हुन यस बर्ष पनि आवेदन खुल्ला गरिसकिएको छ । जस मार्फत संसारभरबाट नेपाली भाषा वा सवटाइटलका फिल्मले आवेदन दिन सकिने छ ।

प्रजेश श्रेष्ठ मिडियो संयोजक रहेको यस फिल्म महोत्सवका लागि आउंदो २५ मार्चसम्म फिल्म समय सीमा तोकिएको छ । श्रेष्ठका अनुसार आवेदन दिन ईच्छुकहरुले FilmFreeway.com र FilmFestivalLondon.com.uk मार्फत आवेदन दिन सक्नेछन् जसका लागि सबै उमेर समुह सहभागी हुन सक्ने व्यवस्था रहेको छ ।

बेलायत आउने कलाकारहरु फिल्म प्रदर्शनका लागि छानिएका मध्येबाट समेत हुने आयोजकको भनाइ छ । बेलायतमै रहेका कलाकार, श्रष्टा, फिल्म निर्मातालाई पनि महोत्सवमा सहभागी गराइने आयोजकले जनाएका छन् ।

विगतदेखि नै नेपाली फिल्म र आर्ट प्रमोट गर्दै आएको आयोजक संस्था थर्ड आईका अनुसार यसपटक महोत्सवको तेस्रो संस्करणमा विदेशी कलाकारलाई पनि सहभागी गराईने छ । दुई देश विच संस्कृति हस्तान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास राखिएको महोत्सवमा कमर्सियल र नन–कमर्सियल दुवै प्रकारका फिल्म प्रदर्शन गरिने छ ।

निर्देशक देवकोटाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस महोत्सवको समापन समारोह मे ३१ तारिकका दिन ईंल्याण्ड स्थित ग्रीनफोर्ड टाउन हलमा गरिने तय भएपनि अन्य मिति र स्थान छिट्टै तय गरिने छ । बृहत नेपालीको सपनाको देश लण्डनमा आयोजना हुँदै गरेको यस महोत्सव आर्थिक रुपमा पनि खर्चिलो महोत्सव हो । जसका लागि नेपाल र बेलायतबाट प्रायोजकहरु जुटाउने तयारी भै रहेको छ ।

प्रवेश शुल्क केहि दिनमा सार्वजनिक गर्ने बताईएको महोत्सवमा सहभागीहरुले फिल्म हेर्न तथा उद्घाटन र समापन समारोहमा सशुल्क सहभागी गराउन सकियोस् भन्ने तर्फ आयोजकले ध्यान दिएकै कारण केही दिन प्रवेश शुल्क सार्वजनिकिकरणमा केहि दिन थप गरिएको हो । महोत्सव विवाद रहित बनाउन महोत्सवका लागि सहभागी फिल्म छनोट जुरीले नै गर्ने निर्णय गरिएको छ ।

पत्रकार सम्मेलनमा आयोजक टिमका तर्फबाट पार्टनरसीप कोअर्डिनेटर एवम् एनआरएनए यूके पूर्व अध्यक्ष सुनिल खड्काले नेपाली कला, संस्कृति, साहित्य, भाषा जोगाउने जिम्मेवारी विदेश बस्ने नेपालीलाई महसुष हुनुपर्ने बताउँदै सहभागितामूलक सहकार्यका लागि लण्डनबासी नेपालीहरुलाई अनुरोध गरेका छन् ।

टिकट खरिद वा प्रायोजन गरेर आफ्नो ठाउंबाट सहयोग गरिदिनका लागि आग्रह गरेका खड्काले नेपाली कलाकार र फिल्मलाई प्रवर्धन गर्नका लागि आयोजना हुने यस महोत्सवले अलग अलग क्षेत्र र स्थानमा रहेका नेपाली समुदाय आपसी भाईचारा र आत्मिक भेटघाटको वातावरण समेत सृजना गर्ने बताएका छन् ।

अनिल बस्नेत, सुवसिंह गुरुङ, प्रशान्त खड्का, लगायत रहेको यस बर्षको फिल्म महोत्सव आयोजक कमिटीले नेपालबाट चर्चित तथा नयाँ कलाकार तथा फिल्मकर्मीहरू महोत्सवमा सहभागी गराउने तथा बेलायतमै रहेका नेपाली फिल्मकर्मीहरूको पनि उल्लेखनिय उपस्थिति गराउने लक्ष्य राखेको छ ।

प्रोजेक्ट लिडर ओजेश सिंहले पनि अवार्डको आयोजनाको उदेश्य, महत्व र तयारीमाथी प्रकास पार्दै महोत्सव सफल बनाउन नेपाली समुदायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ