सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बीवाईडी हाई–टेक वीक २०२५ सुरु, पानीमाथि तैरिने सुपर कार प्रदर्शनमा

बीवाईडी हाई–टेक वीक २०२५ सुरु, पानीमाथि तैरिने सुपर कार प्रदर्शनमा

काठमाडौं । बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ प्रविधि र सुपरकारसहित न्यु इनर्जी भेहिकल कम्पनी बीवाईडीको हाइटेक वीक–२०२५ सुरु गरेको छ । ‘बीवाइडी हाइटेक विक २०२५’ नाम दिएको प्रदर्शनीमा चाँडै नेपालमा बिक्री सुरु हुने दुई मोडल पनि देखाइएको छ ।

द एभरेस्ट होटलमा आगामी २७ फेब्रुअरीदेखि ४ मार्च (१५ फागुनदेखि १८ फागुन) सम्म आयोजना हुने इभेन्ट न्यू इनर्जी भेइकल्स (एनईभीज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्त्वपूर्ण अवसर हुने कम्पनीले जनाएको छ ।

बीवाईडीको हाइटेक वीकमा नेपाली सडकमा नगुडेका ५ नयाँ मोडलका कारहरु प्रदर्शनीमा राखिएको छ ।

आज मिडियाका लागि खुला रहेको शोमा विभिन्न गाडीहरुको एड्भान्स फिचरहरुको लाइभ डेमोस्ट्रेस गरिएको थियो ।

बीवाईडीको अफरोड पीकअप ट्रक सार्क, बाओ ५, याङवाङ यु ८, जेड ९ जिटी, डेन्जा प्रदर्शनीमा राखिएको हो । याङवाङ यु ८ सुपर कार हो । जसको ३६० डिग्री ट्यांक टर्न क्षमता छ । यो ३६० डिग्रीमा गाडी घुम्छ । साथै आपतकालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्ने क्षमता भएको कम्पनीले जनाएको छ ।

यो इभेन्ट नेपालमा पहिलो हो । यसअघि कुनै पनि गाडी बिक्रेता कम्पनीले आफ्नो ब्राण्ड रेन्ज र टेक्नोलोजीलाई एक साथ नेपालमा प्रदर्शन गरेका छैनन् ।

कम्पनीका अनुसार कार्यक्रममा ‌औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता र प्रविधीमा रुची राख्नेहरुका सहभागी हुनेछन् । कार्यक्रममा हाई–टेक इन्टर्याक्टिभ जोन हुने कम्पनीको भनाई छ ।

त्यस्तै, बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम लगायतको बिषयमा जानकारी पाइनेछ । स्मार्ट मोबिलिटीको भविष्य कस्तो हुनेछ भनेर बुझाउन कार्यक्रममा लाइभ डेमो समेत देखाइने आयोजकले जनाएको छ ।

बीवाईडीले छिट्टै नेपाली बजारमा प्लग इन हाइब्रिड पीकअप सार्क तथा लक्जरी एमपीभी जेन्डा जेड ९ जिटी बिक्री गर्ने तयारी गरेको छ ।

यी दुवै कार राइट ह्याण्ड ड्राइभ भर्सनमा आएका छन् । नेपालमा ब्याट्री ईभी बिक्री गरिरहेको साइमेक्स इंकले नेपालमा प्लग इन हाइब्रिड समेत बिक्री गर्ने भएको छ । बाँकी ती मोडल भने प्रदर्शनीमा लागि मात्रै राखिएको हो । हाइटेक वीकमा सबै कार चलाएर देखाइएको थियो ।

नयाँ बीवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर पाइनेछ । त्यसैगरी तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पाइनेछ ।

कम्पनीका अनुसार परिवारमैत्री गतिविधिहरू हुनेछ भने सबै उमेर समूहका लागि रोचक गतिविधिहरू, जसले परिवार र प्रविधि प्रेमीहरूका लागि यो कार्यक्रम अझ रोमाञ्चक बनाउनेछ ।

स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक–समय प्रविधि प्रदर्शनको लाइन डेमोन्स्ट्रेसन भइरहेको छ ।

नेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बीवाईडी हाई–टेक वीक २०२५ ले नेपालको हरित ऊर्जा यात्रालाई गति दिनुका साथै ईभी प्रविधिमा नवीनता ल्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

बीवाइडी हाई–टेक वीक २०२५ अवलोकन गर्न टिकेट खरिद गर्नु पर्नेछ । टिकट ई–सेवामा उपलब्ध छ । इन्ट्री टिकटको शुल्क २५० रुपैयाँ लाग्नेछ । त्यस्तै, विद्यार्थीलाई भने परिचयपत्रका आधारमा निःशुल्क प्रवेश गर्न दिइने कम्पनीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend