
काठमाडौं । पछिल्लो समय नेपालमा टेलिकम उद्योग समस्यामा पर्दे गएका छन् । टेलिकम कम्पनीहरुको बिजनेस ओरोलो लागिरहेको छ । दीगो बनेर निरन्तर अत्यावश्यक सेवा दिन र आयका स्रोतहरु बढाउन टेलिकम कम्पनीहरुलाई नेपालमा चुनौति देखिएको छ ।
फोरजी देशव्यापी बनाइए पनि आम ग्राहकहरुमाझ यसको खपत कम रहेको छ । भ्वाइसबाट ओटीटी लगायतका कारणले गर्दा टेलिकम कम्पनीहरुको आय निरन्तर घटिरेको छ । यस्तो अवस्थामा कम्पनीहरुले अब विस्तारै नयाँ नयाँ बिजनेस मोडलहरु अपनाउन थालेका छन् ।
जस्तै एनसेलले गत वर्ष सधैं अन, बिज सधैं अन प्यानहरु ल्यायो । डिजिटल सिफ्टका लागि डिजिटल रिचार्ज, वालेटबाटै प्याक लिन मिल्ने बनायो र त्यसैगरि पहिला नै डिजिटल अर्थात अनलाइनमा रिचार्जको न्युनतम शुल्क ५० रुपैयाँ बनायो ।
हालै मात्र नेपाल टेलिकमले पनि डिजिटल रिचार्जको न्युनतम शुल्क ५० बनाएको थियो तर दुई दिनमा नै सो निर्णय फिर्ता लियो । यो निर्णय फिर्ताले टेलिकमलाई व्यापारमा असर पर्नुका साथै डिजिटलमा जाने यात्रालाई अझ लम्ब्याउनेछ । तुलनात्मक रुपमा टेलिकम नयाँ कुराहरु अवलम्बन गर्ने कुरामा सधैंपछि पर्दै आएको छ । ग्राहकदेखि सरकार आफै डिजिटल बन्दै गईरहेको अवस्थामा नेपाल टेलिकम, एनसेल जस्ता कम्पनीहरु पनि समयअनुसार अघि नबढी हुँदैन ।
कम्पनीहरुले रिन्युअल अर्थात सब्सक्रिप्सन मोडलमा जाँदै नयाँ सेवा र प्रविधिहरु ल्याउनु पर्ने बताउँदै आएका थिए । यही मेसोमा एनसेलले ग्राहकहरुलाई पनि तुलनात्मक रुपमा कम खर्चमा धेरै सेवा सुविधा पाइने आफै रिन्यु हुने सुविधा रहेको प्याकहरु सञ्चालनमा ल्याएको छ । मासिक रिन्युअल प्याकअन्तर्गत प्याक ल्याएपछि एक महिनासम्म मोबाइल प्रयोगकर्तालाई सहज हुने एनसेलले बताएको छ ।
के हो त एनसेलको आफै रिन्यु हुने प्याक ?
एनसेलले आफ्ना ग्राहकहरुलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने तयारी गरेको देखिन्छ । प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार प्याक के कस्तो सेवा चाहिने हो सोहीअनुसार मासिक प्याक लिन सक्छन् ।
डिजिटलाइजेसनमा जान इन्टरनेट आधारभुत आवश्यकता हो । यी मासिक प्याकहरुमा ग्राहकले आफुलाई महिनाभर चाहिने इन्टरनेट/डेटा बमोजिम अन्य भ्वाइस, एसएमएससहित बन्डल भएको प्याक लिन सक्छन् । उपभोक्ताले बिजुली, पानी, घर अथवा कार्यलयमा रहेको इन्टरनेट सेवा आदीका लागि मासिक रुपमा खर्च गर्दछन् । अब ग्राहकहरुले पनि आफ्नो आर्थिक क्षमता र सेवाको आवश्यकताअनुसार प्याक लिएर ढुक्क रहन सक्छन् ।
सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्यूअल प्याकहरुमार्फत ग्राहकहरुले बिना कुनै बाधा महिनाभर आफ्नो बजेटअनुसार विभिन्न अनलिमिटेड सेवाहरुको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रुपमा महंगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकहरु प्रतिको निर्भरता हटाएर सधैं अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु हो ।
यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ । यसको अर्थ त्यस्ता सेवा, सुविधाहरु अर्को महिनाका सेवा, सुविधाहरुमा थप हुने व्यवस्था छ । यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स १२३ एष्ट्रिक्स ९ ह्यास डायल गरेर, वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिने जानकारी एनसेलले दिएको छ ।
सधैं अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नविकरण हुने यी प्याकहरुमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन् । यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि रहेको छ । यी प्याकहरूमा यूट्युबमा अनलिमिटेड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरु डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ ।
केही प्याकहरुमा ग्राहकहरुले आफ्ना परिवारजन, साथीभाइ र सहकर्मीहरूसँग महिनाभर जति पनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन् ।
एनसेलका चिफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, ‘आजको डिजिटल परिप्रेक्ष्यमा, सहज कनेक्टिभिटी कार्यलयदेखि व्यक्तिगत कार्यहरु, शिक्षा, मनोरञ्जन र सोसल मिडियामा अन्तरक्रियालगायतका लागि अत्यन्त आवश्यक रहेको छ । सधैं अन रिन्यूअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले ध्यानपूर्वक डिजाइन गरिएको छ, जसले ग्राहकहरूलाई कुनै पनि अवरोध बिना कनेक्टेड रहन सहयोग गर्दछ ।’
यी प्याकहरूले अत्यन्तै सुलभ शुल्कमा अनलिमिटेड कल सहज र निरन्तर डेटामा पहुँच प्रदान गर्दछ, जसले ग्राहकहरूलाई निर्धक्क भएर बिना कुनै अतिरिक्त शुल्कको चिन्ता, सेवा लिन र विभिन्न जानकारीमा आफ्नो पहुँच सुनिश्चित गर्नुका साथै डिजिटल सामग्रीहरुबाट फाइदा उठाउन मद्दत पुर्याउने उनको भनाई छ ।
यस्तै फोनमार्फत भिडियो स्ट्रिमिङ, सोसल मिडिया, म्यासेजिङ वा रिमोट वर्कका लागि होस, ग्राहकहरुले आफ्नो बजेटअनुसार उपभोक्तामैत्री शुल्कमा पुरा महिना डिजिटल अनुभव लिएर सधैं अन रहन यी प्याकहरुले मद्दत गर्ने मोहसिनले बताए ।
रिन्यूअल प्याक अन्तर्गत एनसेलले बेस्ट रिन्यूअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्यूअल गरि तीन प्रकारका प्याकहरू सञ्चालनमा ल्याएको छ । पहिलो बेस्ट अन्तर्गत कर सहित मासिक ३९९,४९९, र ५९९ रुपैयाँका प्याकहरु रहेका छन् । यसमा भ्वाइस, डेटा, र एसएमएस साथै अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा समावेश छन् ।
प्याकअनुसार यसमा ग्राहकहरूले ८ जीबीदेखि २० जीबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन् ।
दोस्रोमा अनलिमिटेड रिन्यूअल प्याकअन्तर्गत करसहित ७९९, ९९९, र १४ सय ९९ का प्याकहरु समावेश रहेका छन् ।
यी प्याकहरुमा ग्राहकले कुनै पनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड यूट्युब, अनलिमिट्ड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन् ।
त्यसैगरी तेस्रो रिन्यूअल सेवाअन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरु रहेका छन् । उदाहरणका लागि एनसेलका १९९ देखि ४४९ सम्मका लोकप्रिय भ्वाइसहरु रहेका छन् । त्यसैगरी डेटामा २९९ बाट शुरु हुने प्याकहरु समावेश छन् ।
एनसेलले रिन्यूअल अर्थात नवीकरण ग्राहकहरुका लागि अप्रत्याशित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरेको छ, जसले गर्दा ग्राहकहरुले रिन्यूअल अर्थात नवीकरणको समय/मितिबारे अग्रिम जानकारी पाउँछन् । साथै, नवीकरण समय आउनुअघि नै ग्राहकहरूले नियमित रुपमा प्याकहरु खरिद गर्ने विकल्प पनि पाउँछन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend