२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जुम्लाका ३० वटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू

मंगलवार , फाल्गुण २०, २०८१

जुम्ला । जुम्लाका ३० वटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको छ । ‘अनलाइन’ अभिलेख राख्न मिल्ने गरी जिल्लाका आठवटा स्थानीय तहका ३० वटा स्वास्थ्य चौकीमा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

जिल्लाका ६० वडामध्ये सिञ्जा गाउँपालिकाका छवटै वडामा ‘इन्टरनेट’ सेवाको पहुँच पुगेपछि पालिकाका सबै स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना ‘रेकर्डिङ’ तथा ‘रिपोर्टिङ’ प्रणालीको सफ्टवेयर जोडेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।

उक्त उपकरण व्यवस्थापन एवं स्वास्थ्यकर्मीलाई तालिमका लागि भनेर कर्णाली प्रदेश सरकारको करिब पाँच लाख बजेट खर्च भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

स्वास्थ्य सेवाको सम्पूर्ण विवरणलगायत दैनिक प्रवाह गरिने तथ्याङ्कलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि पालिकाका छवटै वडाका स्वास्थ्य संस्थामा बिद्युतीय स्वास्थ्य सूचना प्रणालीको ‘सफ्टवेयर’बाट जानकारी लिने व्यवस्था गरिएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए ।

अनलाइन माध्यमद्वारा रेकर्डिङ र रिपोर्टिङको काम भइरहेको छ । स्वास्थ्य शाखाका प्रमुख रोकायाले भने, “सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्य चौकी र तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरी सञ्चालनमा आएको छ । बिरामी र स्वास्थ्य परीक्षण गर्नेहरुको एकीकृत अभिलेख रहने छ । सरकारले नीति तथा कार्यक्रममार्फत यस्तो कार्य गरिएको हो ।”

ल्यापटप, इन्टरनेटलगायतका सञ्चार उपकरण र प्रविधिका लागि पालिकाको करिब रु १० लाख बजेट खर्च भएको छ । स्वास्थ्य संस्थाको अभिलेखलाई ‘डिजिटलाइजेसन’ गर्नका लागि पालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा इन्टरनेट जडान भइसकेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा यो सफ्टवेयरले संस्थामा अनलाइन अभिलेख पूर्ण रुपमा लागू गर्न सहज भएको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीले जनाएको छ ।

एउटै सेवाग्रहीको नामसहितको विवरण स्वास्थ्य संस्थामा पटकपटक दर्ता गरिरहन नपर्ने, मूल दर्तामा अभिलेखीकरण भइसकेपछि सेवाग्राहीको विवरण पुनः उल्लेख गर्न नपर्ने, खोप लगाउने बालबालिकाहरुको विवरणसमेत अनलाइन प्रणालीबाट नै सूचीकृत गर्न मिल्ने र अनलाइन प्लेटफर्म भएकाले पालिका, जिल्ला तथा प्रदेशमा बसेर पनि सजिलैसँग तथ्याङ्कको विश्लेषण गर्न सकिने भएकाले विद्युतीय स्वास्थ्य सूचना प्रणाली उपयोगी हुने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट