२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टि–ट्वान्टी क्रिकेट : युगान्डाविरुद्ध टस जितेर नेपाल बलिङमा

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौँ । चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ ।

हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री र सम्झनाकुमारी खड्का छन् । जारी शृङ्खलामा युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट