बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

महिला टि–ट्वान्टी क्रिकेट : युगान्डाविरुद्ध टस जितेर नेपाल बलिङमा

महिला टि–ट्वान्टी क्रिकेट : युगान्डाविरुद्ध टस जितेर नेपाल बलिङमा

काठमाडौँ । चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ ।

हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री र सम्झनाकुमारी खड्का छन् । जारी शृङ्खलामा युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend