काठमाडौं । वुमन्स डे कप टी–२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । युगाण्डामा जारी
वुमन्स डे कपमा नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले हरायो ।
यसअघि भने शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन् ।
युगाण्डाका लागि कप्तान जानेत बाबजीले ३ विकेट लिइन् भने सारा वालाजाले २ विकेट लिइन् ।
टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनायो ।
नेपालका लागि पुजा महतोले ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले २ विकेट लिइन् ।
प्रतिक्रिया दिनुहोस