काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज सोमबार बस्न लागेको छ।
बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेस जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारबारे छलफल हुनेछ ।
यस्तै राजावादीको सक्रियताका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस