२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

माओवादीले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू सक्रिय भएको बताएको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्षसमेत निकालेको छ ।

त्यस्तै, माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय गरेको हो ।

राजावादीहरूको आइतबारको कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि प्रदर्शन भएको विषय गम्भीर चिन्ताको विषय भएको माओवादीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट